हेटौंडा । मकवानपुर घर जग्गा व्यवासायी संघले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघको पहिलो बिशेष वार्षिक साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष कमलराज मैनालीले बताए ।

रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो । रक्तसञ्चार केन्द्र(ब्लड बैंक) हेटौँडाको प्राविधिक सहयोग रहेको कार्यक्रममा प्रदेश युवा परिषद बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, घर जग्गा व्यवासायी संघका प्रतिनीधि, व्यवसायीहरु लगायतको उपस्थितिमा रक्तदान गरिएको हो ।