हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसको ७८ औं स्थापना दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा न्यौपाने काङ्ग्रेस प्रवेश गरेका हुन् ।

न्यौपानेलाइ काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पुर्व महामन्त्री प्रकाशमान सिंहले स्वागत काङ्ग्रेसमा स्वागत गरे । काङ्ग्रेस प्रवेश पश्चात न्यौपानेले रास्वपामा देश बनाउने कुनै एजेन्डा नभएको बताए ।  न्यौपानेले रास्वपाले जनतालाइ आश देखाएर निराश बनाइदिएकोले आफू काङ्ग्रेस प्रवेश गरेको बताए ।