हेटौंडा। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय सभा निर्वाचन बहिष्कार गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान जारी छ । बालेन भने मतदान गर्न नजाने भएका छन् ।

महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हटौंडास्थित मतदान केन्द्र आइपु्गेकी छिन् ।

बालेन भने काठमाडौंमै छन् । गत मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन् ।