हेटौंडा । बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशमा चार राष्ट्रिय सभा सदस्यका लागि भोल बिहीबार मतदान हुनेछ ।
निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ ।
मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए ।
निर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट १५ जना उम्मेदवारहरू सहभागी भएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), राप्रपा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलहरुबाट महिला, दलित, अपाङ्गतारअल्पसंख्यक र अन्य तर्फबाट उम्मेदवारी परेको छ।
मतदान र मतगणनाको लागि सम्पूर्ण तयारी पूरा भइसकेको र निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्ने आयोगले प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्