हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी छिन् ।

थाहा-५ फुर्के बस्ने ६० वर्षीया ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत फेला परेकी हुन् ।

उनको शव पोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।