काठमाडौं । रूसी सेनामा रहेका थप एक जना नेपालीको मृत्यु भएको छ ।
युक्रेनी सेनाको आक्रमणमा परेर रसुवा नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तानको मृत्यु भएको हो । उनी गत भदौमा रुसी सेनामा भर्ती भएका थिए ।
उनको घरमा श्रीमती, आमा, एक छोरा र एक छोरी छन् । उनी पूर्व नेपाली सेनासमेत थिए।
प्रतिक्रिया दिनुहोस्