हेटौँडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद दिपकबहादुर सिंहले आगमाी फागुन १ गतेबाट राजतन्त्रको आन्दोलन कडा ढंगबाट अघि बढने बताएका छन् । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि सिंहले फागुनको पहिलो साताबाट सदर र सडक दुबै क्षेत्रबाट आन्दोलनको आँधीबेरी सृजना गरिने बताए ।

गणतन्त्रले जनतालाई निराशामात्र दिएको बताउँदै सिंहले राजाको नामबाट सरकार डराएको बताए ।
पुर्वराजा हेटौँडा आउने सन्र्दभमा मन्त्री तहबाट पुर्वराजा लेखेको ब्यानरमा आपत्ती जनाउनु हास्यस्पद भएको भन्दै उनले राजाको हाउगुजीले सरकार अत्तिएको बताए । अब जनताले राजा ल्याउने विषयमा कसैको आदेश नमान्ने भन्दै उनले जनताले अब राजतन्त्र ल्याएरै छाडने बताए । एउटा मठ मन्दिरमा आयोजकहरुले पुर्वराजालाई राजा भनेर संवोधन गर्नु उनिहरुको अधिकार रहेको भन्दै यो विषयमा सरकारले टाउको दुखाउन नहुने बताए ।

अहिलेको अवस्थाले सरकार चल्ने कुनै अवस्था नभएको भन्दै अब अवस्था र ब्यवस्था परिवर्तनको लागि राप्रपाले आन्दोलनको नेतृत्व गर्ने बताए । राप्रपा नेपालसँको एकिकरणको कुरा कसरी अघि बढ्दै छ त भन्ने प्रश्नमा सिंहले आन्दोलनको क्रममा राप्रपा नेपाल सहित सबै राष्ट्रवादी, राजतन्त्रवादी शक्तिहरु एक हुने बताए ।