काठमाडौं । गायक किरण गजमेर र गायिका उषा गजुरेल स्वरमा रहेको नयाँ गीत ‘यो सोझो पल्कियो’ सार्वजनिक भएको छ । गीतमा संगीतकार श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको छ ।

गीतको भिडियोमा मनोज राजभण्डारीको निर्देशन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन, मनोज राजभण्डारीको सम्पादन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको छ ।

गीतको भिडियोमा अभिनेता पल शाह र एरोना मल्लको अभिनय रहेको छ । गीतको भिडियो उषा गजुरेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।