हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-८ भुवनचुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
शुक्रबार दिउँसो राईगाउँबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ३३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बागमती-२ राईगाउँ बस्ने ३९ अर्जुन पहरी र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका ३४ वर्षीय आइतेराम गोले घाइते भएका छन् ।
दुवैजनाको हात र खुट्टामा चोट लागेको छ । उनीहरुको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्