हेटौँडा । लामो समयबाट बिबादित हेटौँडा सडक बिस्तार अभियान चैत्र भित्र सुरु हुने भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख राजेश यादबले सडक विस्तारको कामले अब गति लिने बताएका छन् ।
यादबले आफुहरुले विस्तारको लागि लाग्ने खर्चको प्रस्ताव मन्त्रालयमा पेश गरिसकेको बताए । घर टहरा भत्काउनको लागि सरकारले खर्च ब्यवस्थापन गर्ने वित्तिकै काम सुरु गर्न सकिने उनले बताए ।
सडक विस्तारको सबालमा आफुहरु गम्भिर भएर लगिरहेको बताउँदै उनले सर्वोच्च अदालतले रिट निबेदनलाई अस्विकृत गरिदिएपछि विस्तारको बाधाअड्चन फुकुवा भएको बताए । अब सडक कहिलेबाट बिस्तार गर्ने योजना छ त भन्ने प्रश्नमा यादबले चैत्र भित्रमा विस्तारको काम सुरु गर्ने योजना भएको बताए ।
सडक विस्तारको विषयमा दुईवटा मानहानिको मुद्धाको फैसला आईनसकेको भन्दै उनले फैसला चैत्रमा आईसक्ने र त्यो भन्दा अघि सम्पूर्ण तयारी पुरा गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्