काठमाडौं । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १६ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ ।