हेटौँडा । दलितको मुद्धा, उनिहरुको अधिकारको विषयमा अझैपनि जनप्रतिनिधिहरुले साचो नदिएको दलित अधिकार क्षेत्रमा क्रियाशिल दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले बताएकी छिन् ।

सामजिक न्याय र विकास प्रक्रियामा दलित महिलाको पहँुच अभिवृत्तिका लागि मिडियाकर्मीको भूमिका विषयक कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले जनताबाट अनुमोदित जनप्रतिनिधिहरुमा दलितको सबालमा हुने गरेको कार्यक्रमलाई अझैपनि सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास नभएको बताईन् । दलित क्षेत्रमा काम गर्ने संघसस्थाले गर्ने कार्यक्रममा दलित कोटाबाट विजयी जनप्रतिनिधिलाई मात्र उपस्थित गराउने सोच अझै नहटेको बताउँदै उनले दलित समूदायलाई हुने उत्पीडनको समस्या सबै समूदाय र सरकारको रहेको भन्दै सबैले समान चासो दिए मात्र जातीय विभेदलाई हटाउन सकिने उनको भनाई रहेको छ ।

संविधानमै रहेको ब्यवस्थालाई समेत वास्ता नगर्दै अझै पनि निम्न आए भएका दलितका बालबालिकाहरुलाई विद्यालयले निशुल्क शिक्षा प्रदान नगरेको भन्दै उनले दलित भएकै कारण उत्पीडनमा पर्ने मानिसहरुलाइ प्रहरीले समेत सहयोग गर्ने नगरेको उनको भनाई रहेको छ ।