काठमाडौं । हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ पर्नुभएका रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनको बूढानीलकण्ठस्थित घरमा छापामार्दा ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो ।

प्रहरीले उहाँको साथबाट १५ वटा मोबाइल, तीन वटा ल्यापटप र ३५ वटा पेन ड्राइभसमेत बरामद गरेको छ ।

प्रहरीले मंगलबार बूढानीलकण्ठस्थित बम्जनकै घरबाट उनलाई पक्राउ गरेको थियो । बम्जनलाई आज अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी छ ।