काठमाडौं । लिटल बुद्ध उपनामले चिनिने तपश्वी रामबहादुर बम्जन पक्राउ परेका छन् ।

मंगलबार केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेको थियो ।

सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो ।