काठमाडौं । कोशी प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बरबहादुर विष्ट चयन भएका छन् ।
कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उनी सर्वसम्मत सभामुख चयन भएका हुन् ।
सभामुखमा विष्टको एकल उम्मेदवारी परेको थियो ।
उनलाई सत्ता गठबन्धनसहित नेकपा (एमाले)ले समेत समर्थन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्