
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।
प्रतिक्रिया दिनुहोस्