
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैँछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
शनिबार बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो । गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको भागबन्डाको छलफल तथा भोली हुने उम्मेदवारी दर्ता अघि सो बैठक बोलाईएको हो ।
प्रतिक्रिया दिनुहोस्