हेटौँडा । आफ्नी ४ वर्षको छोरीलाई निर्मम यातना दिएर घाईते बनाउने बाबु विरुद्ध मकवानपुर प्रहरीले मुद्धा दर्ता गरेको छ । महोत्तरी घर भई हेटौँडा ५ सिंचाई टोल डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डलले आफ्नी ४ वर्षकी छोरीलाई नियमित रुपमा निर्मम यातना दिने गरेको पाईएपछि शनिबार पक्राउ गरेको थियो ।
मण्डललाई ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने सिबिन बाल हेल्प लाईनको जाहेरीपछि प्रहरीले मण्डल बिरुद्ध मुद्धा दर्ता गरेको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्