हेटौँडा ।
हेटौँडा इन्फिल्डर्स, मकवानपुरद्वारा जिल्लाको विकट मानिएको राक्सिराङ गाउँपालिका वडा नंबर २ मा न्यानो कपडा वितरण गरिएको छ । राक्सिराङ गाउँपालिका वडा नंबर २ कुडुलेमा आयोजित कार्यक्रममा करिब ८० जनालाई न्यानो कपडा वितरण गरिएको हेटौँडा इन्फिल्र्डसका अध्यक्ष राजक शाहीले बताए ।

चेपाङ समूदायको बाहुल्यता रहेको कुडुलेमा पुगेर जाडो मौसमको लागि उपयुक्त न्यानो कपडाहरु वितरण गरिएको शाहिको भनाई रहेको छ । न्यानो कपडाको लागि अर्जुन चौधरी, संजय तामाङ, शान्ताकुमार श्रेष्ठ, कुमार अधिकारी, मुन्ना सलाउदिन मिया, ओम चौँलागाई, सन्जन गौतम, कबिशर्मा कंडेल, विपिन ताम्राकार, अमिर श्रेष्ठ तथा अध्यक्ष शाहिले सहयोग गरेका थिए ।