काठमाडौं । सत्तारुढ दल गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपाबीचको बैठकले एमालेसँग सहकार्य नगर्ने समझदारी गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेलाई राष्ट्रियसभामा समेट्न नसकिने समझदारी भएको बताए । उनले भने, ‘सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ की भन्ने थियो । तर सम्भव भएन ।’

यसअघि प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेको थिए ।