हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दुईदिने थाहा फोटो प्रर्दशनी सुरु भएको छ । नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यको साथ सुरु भएको प्रर्दशनीमा ६० वटा फोटोहरु प्रर्दशनमा राखिएको छ ।
थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगाएतको संघसस्थाको सहयोग रहेको छ ।
प्रर्दशनीमा थाहाको पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको तस्बिरहरु राखिएको छ । बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका यादबजंग राजमाझीले बताए ।
प्रर्दशनीको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले हेटौँडामा भएको थाहा फोटो प्रर्दशनीले थाहामा पर्यटकहरुको संख्यामा बृद्धि गर्नेमा आफु विश्वस्त रहेको बताईन् । यस्ताखाले प्रर्दशनीले नेपाली पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न सहयोग गर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा थाहा–३ का वडाध्यक्ष हृदयन्द्र रायमाझीले थाहालाई पर्यटन क्षेत्रबाट विश्वसामु चिनाउनको लागि फोटो प्रर्दशनी पनि एउटा माध्यम रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, मकवानपुर शाखा अअध्यक्ष मणीराज गौतम, राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगाएतकाको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्