

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्