हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तिले मानिसहरुको घर तथा बालिमा दिनहु आक्रमण गरि क्षति पुर्याएको छ । मनहरीको वडा नंबर ७ मा गएराति जंगली हात्तिले ४ जना स्थानीयको घर गोठमा क्षति पुर्याएको छ । हात्तिको आक्रमणले मनहरी ७ रमौलीका स्थानीय खड्गबहादुर थिङको भान्साकोठा भत्काएर नष्ठ बनाईदिएको छ ।

सोहि दिन भगवती सुवेदीको घरको पालि, अर्जुन दाहालको घरको पालि तथा चित्रबहादुर घलानको घरको जस्ता भत्काईदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरी क्षेत्रमा केहि दिनबाट नियमित जंगली हात्तिले आक्रमण गरिरहेको छ । आक्रमणबाट स्थानीयहरु त्रसित बनेका छन् । नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्ज तथा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आउने हात्तिको कारण यहाँका बासिन्दाहरु मारमा परेका छन् ।