काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले चलाएको चार महिने अभियान ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को आज सोमाबार समापन हुँदैछ ।

जनतासँगको सम्बन्ध थप मजबुत बनाउन माओवादी केन्द्रले चार महिने अभियान चलाएको थियो । उक्त अभियानको आज समापन गर्ने पार्टी महासचिव देवप्रसाद गुरूङले जनाकारी दिए । उनका अनुसार देशका ७५३ वटै स्थानीय तहको वडासम्म पुगेको उक्त अभियानको आज औपचारिक समापन गरिने भए पनि विस्तृत रिपोर्ट आउन अझैँ केही समय लाग्नेछ ।

माओवादी केन्द्रले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो । अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै एक महिना समयावधि थपेको थियो ।