हेटौँडा । संघियता कार्यन्वयनमा संघ सरकारले असहयोग गरेको भन्दै शुत्रबार हेटौँडामा भेला भएर सामुहिक निर्णय गरेका सात मध्य ६ प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी ध्यानाकर्षण गराएका छन् ।

हेटौंमा बसेको मुख्यमन्त्रीहरुको बैठकले गरेका निर्णयहरू प्रधानमन्त्रीलाई सुनाउँदै संघीयता कार्यान्वयनका सवालमा ध्यानाकर्षण गराएका हुन् ।

हेटौँडामा गरिएको ९ बुँदे निर्णय र गत असार १६ गते पोखरमा भएको १७ बुँदे निर्णय कार्यन्वयनको लागि प्राधानमन्त्रीसँग भेट गरिएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले बताए ।

मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन्। कार्यव्यतताका कारण मुख्यमन्त्री शाह काठमाडौँ नगएका हुन् ।