काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । आज बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता चन्द्र पन्थीले जानकारी दिए ।

बिहीबार जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस भोलिलाई सारेका हुन् ।

भोलि लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन् । दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन् । न्यायाधीश ढकालले भोलि नै फैसला सुनाउन सक्ने सम्भावना छ ।