

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान् गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा लु८प २५६८ नम्बरको मोटरसाइकलले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका गुरुङको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्