धरान । धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन ।

केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर कार्यकक्षबाट हटाएका हुन् ।

उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन । मेयर साम्पाङले बुधबार  सामाजिक सञ्जालमा केन्द्र सरकारले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने लेखेका थिए ।

उनले लेखेका थिए- ‘ भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन: उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’