सांकेतिक तस्बिर

खलङ्गा । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत् चुहावट भएर टमटाको घरमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।