काठमाडौं । नेपाल प्रहरीले प्रहरीका विभिन्न पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरूलाई हाजिर हुन निर्देशन दिएको हो । एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

उनीहरू सात दिनभित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने जारी सूचनामार्फत चेतावनी दिइएको छ ।