

थाहानगर । पालुङ जेसीज वर्ष २०२४ का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले वर्ष २०२४ तालिम वर्ष हुने बताएका छन् । रायमाझीले तालिमले युवाहरुमा सिपसंगै क्षमताको पनि विकास हुने बताए ।
बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व विकासको लागि महत्त्वपूर्ण प्लेटफर्म भएकोले वर्ष २०२४ मा विभिन्न सामाजिक गतिविधिहरु संचालन गरिने बताए । कार्ययोजनामा वर्ष २०२४मा विपत व्यवस्थापन कोष निर्माण गर्ने, जेसीज क्यालेन्डर प्रकाशन गर्ने, वित्तीय साक्षरता कार्यक्रम, विमा समबन्धी तालिम कार्यक्रम संचालन गरिने उल्लेख छ ।
त्यस्तै जेसीज स्वस्थ्य शिविर, जेसिआई सिनेटरसिप लिन प्रेरित गर्ने, सदस्यता लिन इच्छुक युवाहरूलाई तालिम मार्फत सदस्यता प्रदान गर्ने, पूर्व अध्यक्ष फेलोसिप कार्यक्रम, जेसीज कप व्याटमिन्टन प्रतियोगिता संचालन गर्नुका साथै थाहानगरका सबै वडामा जेसीज अभियान अन्तरगत विविध कार्यक्रम संचालन गरिने उल्लेख छ ।
थाहा नगरको र पालुङ जेसीजको पहिचानको लागि थाहा नगर प्रवेश गर्ने सबै सिमानामा थाहा नगरको परिचय सहितको नक्सा सहित बोर्ड राख्ने साथै युवालाई आत्मनिर्भर बनाउन उद्यमशिलताको लागि व्यवसाय प्रबर्द्धनसहित कार्यक्रम रहेको कार्ययोजनामा उल्लेख छ ।
रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझी २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिव को जिम्मेवारी सम्हालिसकेका छन् ।
हाल वर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका रायमाझी एक वर्ष, एक व्यक्ति, एक पदको सिद्धान्त अनुसार आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन् ।
जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका विभिन्न तालिम पूरा गरेका रायमाझीले पालुङ जेसीज वर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट वर्ष बनाउने बताए ।
वर्ष २०२३ को लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका रायमाझीले सहमति र सहकार्यको अवधारणालाई आत्मसाथ गर्दै वर्तमान अध्यक्ष संगम कार्कीलाई समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्