काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चिनियाँ नेता माओ त्से तुङको जन्मजयन्ती मनाउन पार्टी कमिटीहरुलाई निर्देशन दिएको छ।

महासचिव देव गुरुङले माओको १३१औँ जन्मजयन्ती पुस १० गते मनाउन प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर गरेका हुन्।

आ–आफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्नका लागि पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

माओ त्से तुङको नेतृत्वमा चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ ।