हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनीमा जंगली हात्तीको आक्रमणमा परी एक जना महिला घाइते भएकी छन् ।

गएराति घर नजिकैको जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ५१ वर्षीया कान्छिमाया तामाङ गम्भीर घाइते भएकी हुन् । ढाडमा चोट लागेर बेहोस भएकी तामाङलाई प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

घटनापछि स्थानिय, पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्टबाट नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल नेपाल पोष्ट कत्ले खोलाको टोली र ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले हात्तीलाई जंगलतर्फ लखेटेका थिए ।