हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-२, सरस्वती सामुदायिक वनको बतासेडाँडामा सडेगलेको अवस्थामा एक शव फेला परेको छ ।
शनिबार स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुग्दा अन्दाजी ६०/६५ वर्षीय एक पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जंगलको भिरबाट ३०० मिटर तल रहेको शव फेला परेको हो । शवको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्