हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ साततलेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिन रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझ बगरचोकबाट साततले तर्फ फर्कने क्रममा बागमती प्रदेश ०३ ००२ प ३२६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले बिहीबार राति ८ बजेर ५५ मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्