हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा ‘सडक खाना महोत्सव’ हुने भएको छ ।

मकवानपुर होटल एसोशियसनको आयोजनामा हुन लागेको खाना महोत्सव यहि पुस १३, १४ र १५ गते हेटौंडा-४ स्थित खेल मैदान हुप्रचौरको पूर्वी सडकमा हुनेछ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै होटल एसोशियस मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले खाना महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिए । उनले हरेक वर्ष आयोजना हुँदै आएको सडक खाना महोत्सव पछिल्लो केहीवर्ष भने कोभिड-१९ को कारणले रोकिएको तर यसवर्षबाट गर्न लागिएको बताए ।

 खाना महोत्सवले जिल्लाको पर्यटन प्रवद्धनमा सहयोग गर्ने आयोजकको दाबी छ । महोसत्वमा करिब ११ लाख खर्च हुने आयोजकको अनुमान छ ।

महोत्सवमा ४० वटा स्टल रहने र प्रत्येक स्टलको भाडा ७ हजार ५ सय तोकिएको आयोजकले जनाएको छ ।