काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ ।

बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

बुध्द एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् ।

प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दै छन् । यात्रुलाई अर्को जहाजबाट काठमाडौँ ल्याउन लागिएको छ ।