

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएका ६ जनाकै नाम अनुमोदन गरेको छ ।
यसअघि न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम उक्त समितिको बैठकले अनुमोदन गरेको हो ।
अब उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि सर्वोच्चको न्यायाधीशका रूपमा न्यायसम्पादन गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्