![](https://www.khabarbreak.com/wp-content/uploads/2023/12/amres-and-prachanda.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2023/12/amres-and-prachanda.jpg)
काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारलाई मात्रै गणतन्त्र आएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले आज विहान सामाजिक सञ्जाल फेसबुकमा आफु र आफ्नो परिवारलाई मात्रै गणतन्त्रको मसिया नसम्झिन पनि प्रधानमन्त्रीलाई सुझाएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा आफु र आफ्नो परिवारलाई जोडेर केही तत्वले गणतन्त्रमाथि प्रहार गरेको बताएका थिए ।
सांसद सिंहले प्रधानमन्त्री माथि लागेको आरोपलाई गणतन्त्रसँग जोड्न नमिल्ने तर्क गरेका छन् ।
समितिमा सांसदहरुसँग प्रधानमन्त्री दाहालले सतिशलाल अचार्यसँग आफ्नो मात्र नभई लगभग सबै शीर्ष नेताको चिनजान र उठबस छ भन्दैमा आफुलाई मात्र जोडेर आरोप लगाउन नमिल्ने तर्क गरेका थिए ।
आफुलाई आरोप लगाउनेहरु गणतन्त्र विरोधी भएकोे दाहालको स्पष्टिकरण थियो । जाजरकोट, रोल्पा, हुम्लाका जनता भेट्न नसक्ने प्रधानमन्त्रीले व्यपारीसँग हुने गरेका उठबस स्विकारेको भन्दै सिंहले कटाक्ष गरेका छन् ।
सांसद सिंहले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री र उनका परिवारको आर्थिक मिलेमतोको प्रमाण आफुसँग रहेको दाबी गर्दै आएका छन् ।
उनले प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग कुन कुन मामिलामा कति रकम बुझेकी छन् , त्यो सबै प्रमाण आफुसँग सुरक्षित रहेको भन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्