हेटौंडा, नेपाली काङ्गग्रेसका प्रबक्ता एवम् अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले अहिलेको गठवन्धन विषयमा अहिलेनै बोल्नुपर्ने बेला नभएको बताएका छन् । कांग्रेस महामन्त्री गगन थापाले गठवन्धनको आवश्यक्ता नरहेको टिप्पणी दिईरहेको तर्फ ब्याङ्ग्य गर्दै अर्थमन्त्री महतले अहिले गठवन्धन चाहिदैन भनेर झ्याली पिटेर कार्यकर्तामाझ हिडन आवश्यक नभएको बताए । उनलृे कांग्रेस गठवन्धनको सरकार बाध्यत्मक अवस्थामा सहभागि भएको बताए ।

नेपाली काङ्रेस मकवानपुरको जिल्ला सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले अहिलेको निर्वाचन प्रणालीको कारण कसैको बहुमत नआउने अवस्था भएको हुँदा गठवन्धन गर्नुपर्ने वाध्यता भएको बताए ।
अर्थमन्त्री महतले भने ‘ अहिलेबाटै गठवन्धनको विषयमा झ्याली पिटन आवश्यक छैन, पहिलो कुरा त पार्टिलाइ बलियो बनाउन लाग्नु पर्छ नि । ’ अहिले स्मार्ट फोन मार्फत आफुलाइ नयाँ भन्ने केही समूह र दलले काङ्ग्रेस विरुद्ध मित्थ्या प्रचार गरेको बताउदै महतले काङ्ग्रेस कार्यकर्ताले यस्ताखाले मित्थ्या भ्रमलाइ चिर्नुपर्ने बताए ।

गठवन्धन सरकार सुरुभएएता नेपालमा आर्थिक अवस्था राम्रो हुँदै गएको भन्दै अर्थमन्त्री महतले देश टाट पल्टदै गएको भन्ने भ्रम झुठो सावित बएको दाबी गरे । आफु अर्थमन्त्री हुँदा देशको आर्थिक अवस्था डामाडोल रहेको बताउँदै मन्त्री महतले अब त्यस्तो अवस्था नरहको र देशले हरेक क्षेत्रमा सुधारको लय समातेको बताए ।
उनले भने ञहामीले गठनधमा लागेर पनि राम्रो काम गरिराको छौ,जादुको छडी जस्तो गरि काम गर्न संभब हुदैन नि , हामीले इमान्दारीको साथमा काम गरेको छौ , हेर्दै जानुस अबको केही समयमा देशले आर्थिक समृद्धि हासिल गरेरै छाडछ ।

देशमा अहिले पर्यटन, जलविद्युत, कृषि क्षेत्रमा ठूलो परिवर्तन भैरहेको भन्दै उनले देशलाइ समस्या परेको समयमा काङ्ग्रेसले समस्या समाधान गर्ने बताए ।
केपी ओली नेतृत्वको सरकारको समयमा भएको आर्थिक गडबढीलाइ समाधान गर्ने प्रयास भैरहेको बताउदै उनले पछिल्लो दिनहरुमा सेयर मार्केट , जग्गाको क्षेरको कारोबार पनि उकालो लागेको दावी गरे ।