हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजािक विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले मोफसलकै धेरै विद्यार्थीहरु अध्यन गर्ने मध्यको एक रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशमा प्रदेश सरकार मातहतको विश्वविद्यालय आवश्यक रहेको कारण प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक क्यापस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णण् गरिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
विभिन्न् सरोकारवाला तथा मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिसँगको विभिन्न चरणमा गरिएको छलफल पश्चात विश्वविद्यालय बनाउने निर्णय लिईएको मुख्यमन्त्री जम्कट्टलले बताए । हाल मकवानपुर बहुमुखी क्याम्पसमा शिक्षा, विज्ञान तथा ब्यवस्थापन संकायको स्ताकोत्तर सम्मको अध्यापन हुँदै आएको छ ।