काठमाडौं : आइतबार सरकारकी प्रवक्ता रेखा शर्माले संघीय सरकारका मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । यस्तो दाबी गरिरहँदा उनले आवश्यकता अनुसार हेरफेर हुनु स्वभाविक भएको भन्दै आशंका पनि लुकाइनन् ।
‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन् तर, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन’ सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले भनिन् ।
सरकारमा रहेका मन्त्रिहरुको कार्यसम्पादनका प्रश्न उठाउने र हेरफेर हुने चर्चा निरन्तर चलिरहेको छ । यसबाट मन्त्रीहरु कुन बेला पद जाने हो भन्ने त्रासमा देखिन्छन् र हेरफेर नहुने प्रष्टीकरण दिइरहेका छन् ।
मन्त्रीहरु हेरफेर हुने विषयले काम सम्पादनमा असर पर्ने भएकाले पनि त्यस्तो नरहेको भनिरहनुपर्ने बाध्यता रहेको सत्तारुढ दलकै कतिपय नेताहरु बताउँछन् । अहिले मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न पनि मन्त्री शर्माको पनि आग्रह छ ।
मध्यान्ह दैनिकमा समाचार छ
सरकारले लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले दाबी गरिन् । सरकारको प्राथमिकता समृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्