मनहरी । मकवानपुरको मनहरी गाउँपालिका-८ सिम्पानीमा जंगली हात्तीको आक्रमणबाट दुई घरमा क्षति पुगेको छ । गएराति जंगली हात्तीले स्थानीय टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घर पूर्णरूपमा क्षति पुर्‍याएको हो ।

त्यस्तै, हात्तीले सिम्पानीकै रामबहादुर तामाङको गोठ पनि आंशिकरूपमा क्षति पुर्‍याएको छ । घटनापछि प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको थियो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।