बाँके । बाँकेको कोहलपुर नगरपालिका –३ मैटहवानजिक टिप्परले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो ।
ठक्करबाट म्याजिक भ्यानका चालकसहित सवार रहेका १३ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा लगिएकोमा उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्