हेटौंडा, स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्यले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ कमानृमा “कमानेको खाऔं, कमानेलाई चिनौं” भन्ने नारा सहित कमाने महोत्सव हुने भएको छ । पुस ६ र ७ गते हुने महोत्सवमा ७० वटा स्टल रहने आयोजक समितिले जनाएको छ ।
सडक महोत्सव आयोजक समितिका संयोजक बिष्णुप्रसाद अर्जेलले महोत्सवले कमाने क्षेत्रको पहिचान बढने विश्वास ब्यक्त गरे । वडामा रहेका १९ टोल विकास सस्थामा आवद्ध रहेका महिला उद्यमीले उत्पादन गरेको स्थानिय बस्तुलाई बजारीकरणमा महोत्सवले मद्दत गर्ने उनको भनाई रहेको थियो । कमानेको निम चौक देखी सागर चौक सम्मको करिब १८० मिटर क्षेत्रमा हुने महोत्सवलाई हेटौँडा उपमहानगरपालिका सहित विभिन्न संघसस्थाले सहयोग गर्ने आयोजकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्