काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दलहरूले आज चुनाव चिह्न पाउने भएका छन् ।

चुनावमा भाग लिन शुक्रबार १२ दलले निवेदन दिएका थिए । दर्ता भएका सबै दललाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । आयोगको कार्य तालिका अनुसार दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने छ ।

फागुन २० गतेदेखि राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।