ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्काेलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार ट्याक्टरले एक अर्काेलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको छ।
यस्तै अर्काे ट्याक्टर सडकको भित्तामा दुर्घटना ग्रस्त भएको छ। सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ। उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिए। दुर्घटनामा परि जिल्लाको बडिमालिका २ बस्ने ३८ देवराज जैसी, बडिमालिका २ बस्नै ३३ करिस्मा रोकाया बडिमालिका १ बस्ने ३५ चन्द्र धामी र गौमुल ६ बस्ने करिब ३०/३२ वर्षका चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्