दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ घोराही उपमहानगरपालिका १० झारबैराचोक नारायणपुरमा टिपरको टक्करबाट घाइते भएका झिम्रुक गाउँपालिका ४ प्युठानका १७ ववर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका ६ लुङग बस्ने १८ वर्षीय सगर केसीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार साँझ नारायणपुरमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३०७ नम्बरको टिपरले र विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका थिए ।

घाइते भएका जिसी र केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरु दुवै जनाको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।