काठमाडौं । सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । महानगरको निर्णयविरूद्व श्रीराम टोवागो उद्योगले रिट दायर गरेको थियो ।