हेटौँडा , मकवानपुरमा ट्रकको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । पश्चिम मकवानपुरका मनहरी गाउँपालिका वडा नंबर ७ स्थित पुर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा राष्ट्रिय आधारभुत विद्यालयको कक्षा १ मा अध्यनरत ७ वर्षका उमेश प्रजाको मृत्यु भएको हो ।
घरबाट विद्यालय गैरहेको अवस्थामा चितवन बाट हेटौँडा जाँदै गरेको ना ५ ख ३७८३ नंबरको ट्रकले ठक्कर दिएपछि घाईते भएका बालकको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।